छिमेक लघुवित्तको लाभांश वितरण गर्ने घोषणा — OSNepal

छिमेक लघुवित्तको लाभांश वितरण गर्ने घोषणा

LC (KTM) January 12, 2023 0

काठमाडौं, २८ पुस । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्ताव गरीएको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर