काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा १८ वर्षीय बिजाको मृ त्यु — OSNepal

काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा १८ वर्षीय बिजाको मृ त्यु

LC (KTM) July 05, 2021 0

काठमाडौँ- काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृ त्यु भएको छ ।काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृ त्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृ त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर