बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा कलाकार शिशिर राणा पक्राउ — OSNepal

बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा कलाकार शिशिर राणा पक्राउ

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले राणलाई विजुलीबजारबाट पक्राउ गरेको हो ।

विं.सं २०७७ पौष २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको पश्चात फरार रहेको अभियोगमा राणालाई पक्राउ गरिएको हो । आफ्नो खातामा पर्याप्त नगन नहँुदा पनि झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको अभियोग राणामाथि लागेको छ ।

उनलाई पक्राउ गरिएसँगै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर