काठमाडौँ २१ असार । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल फेरि एक पटक ब्युतिँएको छ । कार्यदलको बैठक अहिले ६ बजे सिंहदरबारमा बस्ने बुझिएको छ । आज प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले हस्ताक्षर फिर्ता गर्न दिएको समय सकिए लगत्तै कार्यदल ब्यँतिएको हो ।
कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक रहेका छन्, भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल रहेका छन् भने , सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।