मुखमा ट्यूमर भएकी १६ वर्षीया भगवती खत्रीलाई आयो सहयोगको ओइरो — OSNepal

मुखमा ट्यूमर भएकी १६ वर्षीया भगवती खत्रीलाई आयो सहयोगको ओइरो

LC (KTM) July 05, 2021 0

काठमाडौ । मुखमा ट्यूमर भएकी पोखरा–२१ का १६ वर्षीया युवती भगवती खत्रीलाई उपचारार्थ रु। ५० हजार हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष सरोजकुमार सापकोटा । क्लबले खत्रीको काठमाडौँको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत-निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कार्यतालिकामा आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य क्रियाकलाप समेटिएकोे छ ।

कार्यतालिकाअनुसार यही असार ३१ देखि आगामी साउन २६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो चरणमा सम्पन्न हुने पहिलो निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम असोज २१ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । मतदाताको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर