पछिल्लो २४ घण्टामा २ हजार २११ जनाले जिते कोरोना — OSNepal

पछिल्लो २४ घण्टामा २ हजार २११ जनाले जिते कोरोना

LC (KTM) July 05, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ र ४ हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जना गरी जम्मा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७( पीसीआर) र ३८ हजार ९ ९४ (एन्टिजेन) जना पुगेको छ । त्यस्तै सोही अबधीमा थप २ हजार २११ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । यो सँगै मृ तकको संख्या ९ हजार २४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर