२ हजार ६२२ कोरोना संक्रमित थपिदा २३ जनाले गुमाए कोरोनाका कारण ज्यान — OSNepal

२ हजार ६२२ कोरोना संक्रमित थपिदा २३ जनाले गुमाए कोरोनाका कारण ज्यान

LC (KTM) July 05, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ र ४ हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जना गरी जम्मा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा थप २ हजार २११ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो पनि, टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान -पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लाग्नुभएको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर