मुलुकलाई निकास दिन एकमात्र विकल्प चुनाव हो , संसद विघटन विरुद्ध परेको सबै रिट खारेज हुनुपर्छ — OSNepal

मुलुकलाई निकास दिन एकमात्र विकल्प चुनाव हो , संसद विघटन विरुद्ध परेको सबै रिट खारेज हुनुपर्छ

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । संसद विघटन सम्बन्धि रिटमा संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीको तर्फबाट उषा मल्ल पाठकले बहस गरेकी छन् । बहसका क्रममा पाठकले वर्तमान समयमा निवार्चन उत्तम विकल्प भएको दावी गरेकी पाठकले संसद विघटन संविधानअनुसार भएको सकेत जिकिर गरेकी छन् ।

धारा ७६ (५)मा विश्वासको मतका आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको नै दावी गरेकी पाठकले धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन संविधानसम्मत भएको बताएकी हुन् ।

नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले मुलुकलाई निकास दिन एकमात्र विकल्प चुनाव भएकाले सबे रिट खोरज हुनुपर्ने समेत बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर