मध्यावधि निर्वाचनका लागि दल दर्ता गर्न आयोगले दियो, साउन १५ गतेसम्मको समय — OSNepal

मध्यावधि निर्वाचनका लागि दल दर्ता गर्न आयोगले दियो, साउन १५ गतेसम्मको समय

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । सरकारले संसद विघटन गरी मध्यावधि चुनावको घोषण गरे पछि निर्वाचन आयोगले आज प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आज सोमबार आयोगले एक विज्ञप्ती मार्फत यसको जानकारी गराएको हो ।

दल दर्ताको लागि असार ३१ देखि साउन १५ गतेसम्‍मको समय आयोगले दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले दुई तहमा कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । अन्तिम नामावली भने आयोगले भदौ २३ गते प्रकाशन गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै गरी , समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्म र मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको कार्यक्रम आयोगले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर