काठमाडौं । फिल्ममा जसरी उडिरहेको विमान भित्र एक यात्रु लाई दुईपटक हृदयघात हुन्छ । र सोही विमान भित्रै डाक्टर भेटिन्छ् र हृदयघात भएको ज्यान बच्छ । फिल्ममा प्राय देखिने दृश्य जस्तो यो घटना यर्थाथ हो । खबर हो बेलायतको बर्मिंघमको ।
जहाँ ४० हजार फिटको उचाइमा उडेको विमानमा एक यात्रुलाई दुईपटक हृदयघात भएपछि विमान भित्रका वास्तविक डाक्टरले उनको ज्यान बचाउँछन् । डा विश्वराज वेमला बेलायतको बर्मिंघमस्थित क्वीन एलिजाबेथ अस्पतालका हेपाटोलोजिस्ट हुन्। उनी बेलायतबाट मुम्बई आउँदै गरेको एआई १२८ विमानमा सवार रहँदा उनकै आँखा अगाडी हृदयघातपश्चात डाक्टरले बचाउँछन् ज्यान ।
डा। वेमलाले यात्रुको मुटुको गति मोनिटर, रक्तचाप मेसिन, पल्स अक्सिमिटर र ग्लुकोज मिटरबाट निरन्तर निगरानी गरिरहेका थिए । करिब एक घण्टाको प्रयासपछि ती यात्रुलाई होश आउँछ ।
होश आएपछि उनले डाक्टरसँग कुरा गर्छन् । त्यसपछि पनि ति व्यक्तिलाई दोस्रो पटक हृदयघात हुन्छ र उनै डाक्टरले सावधानीपूर्वक उनलाई होशमा ल्याउँछन् । डा। वेमला भारत आउँदै गरेको उडानको अवधि १० घण्टा थियो। डा। वेमलाले यात्रुको नाडी र रक्तचाप २ घण्टासम्म अनियन्त्रित रहेको भन्दै क्याबिन क्रुको सहयोगमा पाँच घण्टासम्म यात्रुलाई जीवितै राख्ने प्रयास गरिएको समाचारमा जनाइएको छ ।