सिद्धार्थ बैंकको मिति सकिएको एटीएम कार्ड प्रयोग गरेर ४२ लाख रुपैयाँ चोरी गर्ने दुई जना पक्राउ — OSNepal

सिद्धार्थ बैंकको मिति सकिएको एटीएम कार्ड प्रयोग गरेर ४२ लाख रुपैयाँ चोरी गर्ने दुई जना पक्राउ

LC (KTM) July 05, 2021 0

काठमाडौँ २१ असार । सिद्धार्थ बैंकको मिति सकिएको एटीएम कार्ड प्रयोग गरेर रकम चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया सावित्री तामाङ र ५७ वर्षे जगत गुरुङ रहेका छन् । उनीहरुलाई हिजो आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मिति सकिएको एटीएम कार्डबाट ४२ लाख रुपैयाँ चोरी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । जसको लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ९नेप्स०को स्वीच प्रयोग प्रहरीले जनाएको छ ।

तथापी, प्रहरीले बताए अनुसार उक्त एटीएम कार्डमा पैसा भने नभएको बताइएको छ । पक्राउ परेका उनीहरुको डेरामा खनतलास गर्दा प्रहरीले ३० लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर