टर्टल लाउन्ज ग्राहकको ईच्छा अनुसार नयाँ स्वरुपमा — OSNepal

टर्टल लाउन्ज ग्राहकको ईच्छा अनुसार नयाँ स्वरुपमा

LC (KTM) January 09, 2023 0

तपाई यदि आफ्नो जन्म दिन, बैबाहिक बर्षगाँठ जस्ता कार्यक्रम राम्रो ठाउँमा मनाउन चाहानु हुन्छ अनि परिवार सहित सांगितिक मनोरञ्जनमा खाना खान चाहानु हुन्छ भने त्यो सबै कुरा टर्टल लाउन्ज एण्ड क्लबले पुरा गरिदिने छ । ५ बर्ष यता संचालन भइरहेको टर्टल लाउन्ज एण्ड क्लब’अब भने ग्राहकको ईच्छा अनुसारको नयाँ स्वरुपमा संचालनका आएको छ ।

क्रिसमस इभको अवसर पारेर चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतीसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालन आएको क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए । क्लबमा विभिन्न खानाका परिकार खानाका साथै पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिने ठकुरीले बताए । ग्राहकलाई बिभिन्न सेवा सुबिधा सहित मनोरञ्जन प्रदान उदेश्यले ठमेलकै मनोरञ्जनका लागि सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ लाई नयाँ संरचनासहित सञ्चालन ल्याएको उनले बताए ।

ग्राहकले टर्टलमा क्लब मात्रै नभएर लाउन्जको पनि राम्रो सुविधा लिन सक्नेछन् । लाइभ सांगीतिक प्रस्तुतीको अवधिलाई लाउन्ज समय भनिने गरिएको उनले बताए । यहाँ आइसके पछि ग्राहकले दिनभरीको थकान र टेन्सन बिर्सने गरिको वातावरण निर्माण गरिएको ठकुरीले बताए । क्लबमा हरेक साँझ ७ बजेदेखि बेलुकी १२ बजेसम्म लाइभ म्युजिक हुनेछ । जसमा फरक–फरक ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् ।

‘१२ बजे देखि डिजे म्युजिक सुरु हुन्छ । त्यो क्लबिङ रुचाउने ग्राहकले म्युजिकमा रमाउँन सक्ने पनि उनको भनाई छ । त्यतिमात्र हैन संचालक ठकुरीले ‘टर्टल लाउन्ज एण्ड क्लब’ भित्र प्रवेश गरेपछि ग्राहकले समुन्द्रमा बसेको अनुभुति समेत गर्ने दाबी गरे । स्वदेशी मात्र नभएर बिदेशी ग्राहकहरुलाई समेत मध्यनजर गरेर सेवा सुबिधाको ब्यवस्था गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर