अब्बल निर्माता तथा निर्देशक गणेश गुरुङ ‘सुवाश’ अभिनयमा पनि प्रखर — OSNepal

अब्बल निर्माता तथा निर्देशक गणेश गुरुङ ‘सुवाश’ अभिनयमा पनि प्रखर

LC (KTM) January 09, 2023 0

काठमाडौँ । गणेश गुरुङ ‘सुवाश’ चलचित्र निर्माता हुन् । उनले गुरुङ संस्कृति र भाषामा आधारित रहेर विगत दुई दशकदेखि चलचित्र बनाउँदै आएका छन् । गुरुङको मौलिक परम्परा, भेषभूषा, भाषा–संस्कृति जर्गेना गर्ने लक्ष्यका साथ उनले चलचित्रमा काम गरिरहेका छन् । यसबीचमा उनले गुरुङ जातिलाई आधार बनाएर दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । ०५८ सालमा राष्ट्रिय नाचघरबाट अभिनय तथा नाटक निर्देशनको प्रशिक्षण लिएका उनी लमजुङका हुन् । गणेशले ०५८ सालमा गुरुङ सिनेमा काँशी ९कान्छी० मा पहिलोपटक कलाकार तथा सह–निर्देशकको भूमिका निर्वाह गरे ।

उक्त चलचित्रले गुरुङ समाज र समुदायमा राम्रो प्रभाव पार्न सफल भएको उनले सुनाए । त्यसपछि उनी चलचित्र निर्माणमा लागे । उनी भन्छन्, ‘मैले २०६० सालतिर आफैले ९म्हिथेवा० ठुलो मान्छे भन्ने चलचित्र निर्माण संगै मुख्य सहायक् निर्देशक को भूमिका निर्वहा गर्दै चलचित्र कथावस्तु लेखन तथा निर्देशनमा लागे । आइएफएबाट निर्देशन तालिम तथा स्क्रिप्ट राइटिङको कोर्ससमेत लिए पस्चात उनी निरन्तर लेखन तथा निर्देशनमा क्रियाशील रहदै आएका छन ।

गणेशले ०६१ सालमा चलचित्र ‘ङै नासा’ (मेरो गाउँ) को लेखन तथा निर्देशन ०६२ सालमा ‘भुलिगए पाप लाग्ला’, ०६३ मा ‘ङै जिन्दगी’ (मेरो जिन्दगी), ०६३ सालमै ‘ङै क्या’ (मेरो बाटो), ०६५ सालमा म्होरा (सपना), ०६६ मा आस्यो (मावली) लगायतका सिनेमाको लेखन तथा निर्देशनको भूमिका निभाए । यस्तै, उनले ०६८ सालमा कर्मरेखा चलचित्र बनाए । उनका अनुसार सो चलचित्रको ५० प्रतिशत छायान्कन हङकङमा र ५० प्रतिशत नेपालमा गरिएको थियो ।

त्यसैगरी, ०७३ सालमा उनले चलचित्र ‘भेँडीगोठाले’ को लेखन तथा निर्देशन गरे । यो चलचित्रले ०७४ सालको चलचित्र विकास बोर्डबाट आदिवासी जनजाती उत्कृष्ट चलचित्र अवार्ड पाउन सफल भएको थियो । ०७४ सालमा उनले चलचित्र ‘खै ओ म्हिथेवा’ (फर्कि आयो ठुलो मान्छे) कुटुम्बेरी साईनो एकै साथ लेखन निर्देशन गरेका थिए । उनले अहिले सो चलचित्र प्रर्दशनको तयारीमा रहेको बताए । उनी भन्छन्, ‘मैले बनाएका सबै चलचित्र आफनै गुरुङ समुदायमा आधारित छन् ।’

उनले ०७० सालमा सर्टमुभि ‘अ फाइन सटडे’ बनाए । त्यसका साथै गणेशले थुप्रै गीति भिडियोको निर्देशन गरेको सुनाए उनले | नेपालका मौलिक भाषा र संस्कृतिमा बनेका चलचित्र ओझेलमा परेको तितो अनुभब सुनाउछन ।’ उनले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरुक बानाउन चलचित्रले बिशेष भूमिका खेल्ने भएकाले आफू यस क्षेत्रमा होमिएको बताए । उनले भने,हाम्रो भाषा भेशभुसा,सस्कार, सस्क्रिती ओझेलमा पर्न गइरहेको हाम्रो मौलिकतालाई जर्गेना गर्ने लक्ष्यका साथ गुरुङ संस्कृतिमा आधारित, साथ भाषिक चलचित्र बनाइरहेको छु । यसको उद्देश्य भनेको नयाँ पुस्ताले भाषा, संस्कार, संस्कृति बिर्सिँदै गएकाले त्यसलाई उजागर गर्नु हो । आगामी दिनमा त्यसलाई बचाउनु पर्छ भन्ने लागेर नै म गुरुङ सिनेमा निर्माणमा निरन्तरता लागी रहेको छु’

उनले भने भविष्यमा हाम्रो सिनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्न सफल हुनेमा आशावादी रहेको सुनाए । हाम्रो चलचित्रको आफनै कथा, मौलिकता र महत्व रहेको उनी बताउँछन् । गणेशले गुरुङ भाषाको चलचित्र भन्ने बित्तिकै सबैले सुरुमै आफनो नाम सम्झने गरेको बताए । उनी भन्छन् ‘कोही पनि पुरापुर जानेरै आएको हुँदैन ।

तैपनि अहिले सम्म मैले गरेको कामको समुदायले गरेको प्रशंसा, मूल्यांकन र दर्शकले दिएको प्रतिकृयाले राम्रै गरेको रहेछु भन्ने लाग्छ ।’ उनले दर्शकले दिएको मायाले यस क्षेत्रमा आफूले अझै केही गर्नुपर्छ भन्ने लागेको बताए ।लेखक तथा निर्देशक गणेशले बाउबाजेले धान्दै ल्याएका परम्परा, भाषा, संस्कृति, भेषभूषा लगायतका मौलिक विषय आउँदो पुस्तालाई दिन स्रब्य द्रिश्य माध्यम बाट दिन अलिक सजिलो हुने बाताए पोखरामा गुरुङ चलचित्र कर्मी हरुको साझा सस्था गुरुङ फिल्म एसोसिएसन को सस्थापक उपाध्यक्ष्य समेत रहेको जानकारी दिए । पछील्लो समय कोरोनाका कारण समस्या आए पनि अब भने फेरी निरन्तरता चलचित्र हरु बन्नेमा आशावादी पनि छन |

उनले भने, ‘हरेक समुदाय, गाउँगाउँसम्म, गुरुङको बाहुल्यता भएको ठाउँसम्म लगेर, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा लगेर सिनेमा प्रर्दशन गर्ने गर्छौ । त्यसरी एउटा भेगमा बनाएको चलचित्र अर्को भेगमा देखाउन पाइएको छ यसरी देखाउदा एक ठाउँ बाट अर्को ठाउँमा भएको केइ बोलाई काम गराइ भिन्न्ता लाई पनि सजिलै बुझाउन सकिने भएको छ । त्यो हिसावले पनि दर्शकले दिएको प्रतिक्रिया अनी धेरै ठाउँको प्रदर्शनी बाट आर्थिक हिसावले सन्तुष्ट भएको जानाकारी दिए ।’ आफूले गाउँपाखा, पखेरादेखि सिनेमा बनाएर बेलायत, युरोप, अमेरिका, हङकङ, सिंगापुर र गल्फ लगायतका देशमा च्यारिटीको रुपमा प्रदर्शन गर्ने गरेको उनले बताए । गणेशले अहिले पिआर लिएर युके, अस्ट्रेलिया, अमेरिका, हङकङमा स्थायी रुपमा बसेका गुरुङ समुदायका बालबच्चाहरु ले अङ्रेजी मात्रा बोल्ने आफ्नो पन भुल्दै लोप हुँदै जाने अवस्थामा चलचित्रको माध्यम बाट पनि सिक्न र आफनो भाषा जान्न चलचित्र सहयोगी हुने विचार व्यक्त गरे । उनले भने, ‘हाम्रो गाउँघरको एकदमै मौलिकता कमसेकम त्यहाँ नेपालीसमेत बोल्न छाडिसकेको अवस्थामा हामीले भाषा तथा संस्कृतिका विषय चलचित्रमार्फत देखाउँदा उनीहरु पनि अचम्म मानेर ‘हैन यो कुरा त हाम्रो पुर्खौलीले गरेको रहेछ’ भनेर सिक्नका लागि लालयित बनेको देखिन्छ ।’

गणेशले कलाकर्मकै दौरानमा थुप्रै सम्मान तथा अवार्ड पाएका छन् । उनले प्रथम गुरुङ फिल्म अवार्ड २०७२ बेस्ट एक्टर र बेस्ट फिल्म म्हीथेबा रोधी सिने अवार्ड २०७३ बेस्ट एक्टर म्हीथेबा २०७३ सालमा चलचित्र विकास बोर्डले प्रदान गरेको उत्कृष्ट जनजाति राष्ट्रिय फिल्म अवार्ड भेडी गोठालेबाट हात पारे ।

त्यस्तै सन् २०१८ मा भेडी गोठाले चलचित्रबाट उत्कृष्ट निर्देशन अवार्ड (NIFF) न्युर्योक, HONORABLE MENTION AWARD 2019 WINNER खै ओ म्हीथेबा, जर्मनीको बर्लिनमा फल्यास चलचित्र महोत्सवबाट अवार्ड र कतारमा भेँडीगोठाले चलचित्रबाटै उत्कृष्ट जनजाति फिल्म स्टार इन्टरनेसनल अवार्ड २०१९ BEST HUMANRIGHTS SPECIAL MENTION AWARD WINNER, RETRO AVANT GARDE FILM FESTIVAL WINNER खै ओ म्हीथेबा,ज्योमो ग्याङ फिल्म फेस्टिभल 2019 उत्कृष्ट निर्देशक भेडी गोठाले, ANP NATIONAL AWARD २०२१ BEST DIRECTOR फिल्म् कुटुम्बेरी साईनो, लगायतदर्जनौं अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन् । यस्तै उनले FAR EAST OVERSEAS NEPALESE ASSOCIANTION FEONA HONGKONG 3RD NEPALI DANCE IDOL 2011, 2013 मिस गुरुङ इन्टर्नेश्नल सिजन २ २०१८, सिजन ४ २०२१, 1st MIG ALPHA SHORT FILM COMPETATION २०१८, HONGKONG NEPALESE FEDERATION DANCE COMPETITION 2019, PIM NEPAL FILM FESTIVAL 2021 मा निर्णायकको भूमिकासमेत निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर