चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा दूई जना पक्राउ — OSNepal

चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा दूई जना पक्राउ

LC (KTM) July 05, 2021 0

कैलाली २१ असार । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका १ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने सोही उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय करण चौधरी रहेका छन् ।

साईकलमा आएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राय गरेको हो । साईकलमा आएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । चिकित्सकको स्विकृतिबिना नै जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

जोशीलाई पक्राउ गरेपछि अनुशन्धानको क्रममा चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको हो । बरामत भएको औषधीसहित चौधरी र जोशीलाई औषधी व्यवस्था विभाग नेपालगंज पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त प्रालिबाट २ सय २ ट्याब्लेट स्पास्मो, २ सय ९७ क्याप्सुल परलिन र ६ सय १५ क्याप्सुल प्रेगास्टार समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर