ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ — OSNepal

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

LC (KTM) July 05, 2021 0

तनहुँ २१ असार । ठगी मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका(११ रानीगाउँ बस्ने ४४ वर्षीय राम बहादुर बलकोटीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०६० पुस ८ गतेको फैसलाले २ वर्ष २ महिना कैद र १ लाख ७५ हजार १ सय १९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर