बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नरेन्द्र ताप्लेजुङबाट पक्राउ — OSNepal

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नरेन्द्र ताप्लेजुङबाट पक्राउ

LC (KTM) July 05, 2021 0

झापा २१ असार । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ३६ वर्षीय नरेन्द्र तिम्सिना रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत बिराटनगर ईलाम इजलासको २०७७ चैत ३० गतेको फैसला बैंकिङ कसुर मुद्दामा १५ दिन कैद, ३४ लाख जरिवाना र पीडित राहत कोषमा १ लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले ताप्लेजुङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापा चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर