अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगीगरी फरार भएका भुजेल बोहोराटारबाट पक्राउ — OSNepal

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगीगरी फरार भएका भुजेल बोहोराटारबाट पक्राउ

LC (KTM) July 05, 2021 0

काठमाडौं २१ असार । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने मोरङ वेलवारी नगरपालिका-७ घर भएका ३० वर्षीय शक्ति भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ५ गतेको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बोहोराटारबाट पक्राउ गरेको हो ।

२०७६ सालमा भुजेलले विभिन्न व्यक्तिहरुलाई अष्ट्रेलिया पठाइदिन्छु भनि रकम लिएको र उक्त रकम बराबरको चेक पीडितलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितलाई ९२ लाख रुपैंया बराबरको चेकहरु काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवान ठहर गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर