रूपा सुनारले शिक्षा मन्त्रीविरूद्ध हालेको मुद्दा न्यायाधीश सुवेदीको इजलासमा — OSNepal

रूपा सुनारले शिक्षा मन्त्रीविरूद्ध हालेको मुद्दा न्यायाधीश सुवेदीको इजलासमा

LC (KTM) July 05, 2021 0

काठमाडौं- तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रिट हालेकी मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ।रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। रिट निवेदनमा कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय कामी थरको भन्ने थाहा पाएपछि कोठा दिन अस्वीकार गरेको उल्लेख छ ।

संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था जातीय भेदभाव तथा छुवाछूत कसुरको कसुरदारलाई कानूनबमोजिम कारवाही तथा मेरो मौलिक हकको संरक्षणका गर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले हुँदा निजलाई पदबाट हटाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव ९कसुर र सजाय० ऐनबमोजिम कारवाहीको मागसमेत रिट निवेदनमा गरिएको छ ।

घरबेटीको उक्त कार्यबाट आफूलाई आत्मसम्मान तथा मर्यादामा चोट पुगेको हुँदा विपक्षीविरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव ९कसुर र सजाय० ऐन, २०६८ अनुसार कारवाही गर्न माग छ ।रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।नुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो। घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। त्यसपछि मन्त्री श्रेष्ठको चौतर्फी विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर