काठमाडौँ २१ असार । संसद विघटन विरुद्ध सर्वोच्चमा परेको रिटमाथि आजबाट निवेदकको तर्फबाट जवाफी बहस शुरु भएको छ । संवैधानिक इजलासमा जारी बहसमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन शुरु गरेका छन् । जवाफी बहसको लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।
यस समय भित्र अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिने भएका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट गठित न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले संसद विघटनको मुद्धालाई हेरेका छन् ।
आज रिट निवेदकको जवाफी बहस सकिए लगत्तै एमिकस क्युरीको तर्फबाट बहस हुने छ ।