काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली नेताहरूसँग छलफल गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले १०० वर्ष पूरा गरेको अवसरमा सीले प्रधानमन्त्री केपी ओलीसहित राजनीतिक दलका नेताहरूसँग भर्चुअल रूपमा छलफल गर्ने भएका हुन् । छलफल मंगलबार हुने बताइएको छ ।
छलफलमा ओलीसहित शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ुप्रचण्डुलगायत नेता सहभागी हुने छन् । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बगजागाईंले भोलि अपराह्न प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भर्चुअल रूपमा छलफल हुने बताए । चिनियाँ कम्युनिस्ट पार्टीले हालै स्थापनाको १०० वर्ष मनाएको हो ।