करिश्मालाई पाखा लगाउँदै ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा प्रियंका कार्की देखिने — OSNepal

करिश्मालाई पाखा लगाउँदै ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा प्रियंका कार्की देखिने

LC (KTM) January 08, 2023 0

काठमाडौं । मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा अभिनेत्री प्रियंका कार्की देखिने भएकी छन् । यस अघिका शोमा दीपा श्री निरौला र अभिनेत्री करिश्मा मानन्धरले अध्यक्षको भुमिका निभाएका थिए । अब भने नँया शोमा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी हुन् । प्रियंकालाई लिएर जितु नेपालले कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् ।

यो सिजन अघिल्लो सिजन भन्दा फरक हुने बताइएको छ । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसको भुमिका श्याम रानाले निभाउनेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् ।५२ भाग प्रसारण हुने बताइएको यो सिजनपछि जितु नेपाल र डीसीको टिम फिचर फिल्मको तयारीमा लाग्ने समेत बताइएको छ ।

यो पनि : विकास निर्माणमा योगदान पुर्‍याएमा संविधानसभा सदस्य अर्जुन राईलाई सम्मान: खोटाङमा गाउँठाउँको विकास निर्माणमा योगदान पुर्‍याएको भन्दै संविधानसभा सदस्य अर्जुन राईलाई सम्मान गरिएको छ । लघुजलविद्युत, सिँचाई, खानेपानी लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संविधानसभा सदस्य राईलाई सेरालुङ्हछा उत्थान समितिले सम्मान गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको साप्सु खोलामा शनिबार मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यासका क्रममा संविधानसभा सदस्य राईलाई फेटा ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको हो ।

अन्धकारमा लघुजलविद्युत आयोजनामार्फत उज्यालो बालेको, खानेपानीको काकाकुल समस्या भएको ठाउँमा लिफ्टिङ खानेपानी योजना सुरु गराएको लगायतका योगदानको कदर स्वरुप सम्मान गरिएको सेरालुङ्हछा उत्थान समिति, लफ्याङका अध्यक्ष गिरीराज राईले बताए । संविधानसभा सदस्य राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् ।

राप्रपाका नेता राईको पहलमा बनेको एक मेगावाटको मेवा खोला हाईड्रोपावर २०७३ मंसिरदेखि राष्ट्रिय प्रशारणमा जोडिएको थियो । हाल उनकै पहलमा ५४ करोड ६७ लाख ९० हजार ७१६ रुपैयाँको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना सुरु गरिएको छ । सेरालुङ्हछा चाम्लिङ राईभित्रको एउटा पाछा हो । स्वयं संविधानसभा सदस्य राई सेरालुङ्हछा पाछाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर