कोरोनाका कारण कांग्रेस नेता थापाको निधन — OSNepal

कोरोनाका कारण कांग्रेस नेता थापाको निधन

LC (KTM) July 05, 2021 0

दैलेख- कोरोनाका कारण नेपाली कांग्रेस दैलेखका नेता जगतजंग थापाको निधन भएको छ । कोरोना संक्रमित भइ दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको ७३ वर्षको उमेरमा निधन भएको हो ।पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका थापा २०५३ देखि २०५६ सम्म नेपाली कांग्रेस दैलेखको सभापति थिए ।

त्यसयता राजनीतिमा सक्रिय रहेका थापा २०७४ मा भएको कर्णाली प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनेका थिए । थापा नेपाली कांग्रेसको महासमिति सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका सदस्य हुन् । उनी भद्र, शालिन र बौद्धिक राजनीतिज्ञको रुपमा स्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर