भिल्लासँग रियल पराजित — OSNepal

भिल्लासँग रियल पराजित

LC (KTM) January 08, 2023 0

काठमाडौं, २४ पुस : लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे । ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो ।

५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । तर ६६औं मिनेटमा हाङ हि चानले गरेको गोलमा वुल्भ्स खेलमा फर्किएको हो । यस बराबरीसँगै यी दुई टोली बीच पुनः भिडन्त हुनेछ ।

एफ ए कपको तेस्रो चरणमा न्युक्यासल युनाइटेट पराजित भयो । सेफिल्ड वेन्स्डेसँग २–१ ले पराजित भयो । वेस्ट हम भने ब्रेन्टफोर्डलाई १–० ले निराश पार्दै चौथो चरणमा प्रवेश गर्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर