नेपाली लनटेनिस टोली बंगलादेशको ढाका प्रस्थान — OSNepal

नेपाली लनटेनिस टोली बंगलादेशको ढाका प्रस्थान

LC (KTM) January 07, 2023 0

काठमाडौं, २३ पुस ;ईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको दक्षिण÷दक्षिण पूर्वी÷पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

९ देखि १९ जनवरीसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज÷गल्र्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गल्र्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा कान्छा खड्गे छन् ।

प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज÷गल्र्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर