उडिरहेको विमान मन्दिर माथिल्लो भागमा ठोक्किएपछि भुइमा बजारियो — OSNepal

उडिरहेको विमान मन्दिर माथिल्लो भागमा ठोक्किएपछि भुइमा बजारियो

LC (KTM) January 07, 2023 0

काठमाडौं । उडिरहेको जहाज मन्दिरसँग ठोक्किएको छ । खबर हो भारतको मध्य प्रदेशको रेवाको ।

जहाँ विमान मन्दिरमा गएर ठोक्किँदा पनि एक चालकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन् ।

चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएपछि बत्ताउँदै भुईमा बजारिएको थियो । घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए ।

खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर