प्रचण्डलाई माकुनेको पार्टीले विश्वासको मत दिन के गर्ला ? के होला २६ पुसमा ? — OSNepal

प्रचण्डलाई माकुनेको पार्टीले विश्वासको मत दिन के गर्ला ? के होला २६ पुसमा ?

LC (KTM) January 06, 2023 0

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लामो समयदेखि तनावमा छन् ।

पार्टीले आम निर्वाचनमा नराम्रो पराजय बेहोरेका भएता पनि उनी पर्ख र हेरको अवस्थामा रहेका बेला उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएसँगै अब उनले २६ पुसमा विश्वासको मत लिनेछन् ।

तर माधव नेपालको पार्टीले विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले विश्वासको मतका विषयमा खुलेर कुरा गरेनन् ।

तर पनि आफ्नो व्यक्तिगत धारणा राख्दै उनले भने प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर