काठमाडौं -फिल्म ‘भष्मे डन’मा सौगात जोडिने पक्का भएको छ । यस अघि फिल्ममा विपिन कार्की पक्का पक्की भइसकेका छन् । अब भने फिल्ममा सौगात पनि जोडिने भएका हुन् ।
फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् । खनालले अभिनेता मल्लसँग मौखिक सहमति जुटेको बताए ।। यो फिल्मको प्रमुख भूमिकामा पशुपति प्रसादका भष्मे डन अर्थात् विपिन कार्की देखिनेछन् ।
फिल्ममा विपिन र सौगातको समानान्तर भूमिका रहने उनको भनाइ छ । यो फिल्मले ‘पशुपति प्रसाद’पछिको भष्मे डनको जीवन यात्राको कथा भन्नेछ । फिल्ममा मितबाको भूमिकामा प्रकाश घिमिरे र हनुमान बनेका रविन्द्रसिंह बानियाँको पनि अभिनय हुनेछ ।
फागुन १२ गतदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायाकंन गरिने छ । टुकी आर्ट्स र दीपेन्द्र खनाल प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको पटकथा लेखन पनि खगेन्द्रकै रहेको छ ।