काठमाडौँ -फिल्म ‘भगवत् गीता’मा कलाकार सौगात मल्ल भित्रिएको चर्चा चलेको छ । यस अघि फिल्ममा अभिनेता धिरज मगरले अभिनय गर्ने पक्का पक्की भइसकेको छ । फिल्ममा झरना थापा पुत्री सुहाना थापाको मुख्य भुमिका रहेको छ ।
फिल्म ‘निर्माण युनिट अहिले पनि फिल्मको केही मुख्य भूमिकाको लागि कलाकार छनौट गरिरहेको छ । सौगातले फिल्म साइन गरिसकेको बताइन्छ । तर निर्माता सुनिल कुमार थापा भने फिल्मका लागि सौगातसँग कुरा भएपनि फाइनल हुन बाँकी रहको बताउँछन् ।
फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् । फिल्मको रिलिज मिति अगामी वैशाख १ बताइएको छ । प्रेमकथामा बन्न लागेको फिल्म जनकपुर, दार्चुला र काठमाडौँमा छायांकन हुनेछ ।