काठमाडौँ । नायिकाद्धय स्वस्तिमा खड्का र वर्षा राउत पछिल्लो पुस्तामा सबैभन्दा बढी चलेका कलाकार हुन् ।
यी दुवै सुन्दरीले निर्मात्री कृषा चौलागाँइले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन् । नाम तय भइनसकेको फिल्मको छायांकन माघको दोश्रो साताबाट सुरु हुने बताइएको छ ।
यी दुवै सुन्दरी फिल्ममा अनुबन्धित भइसकेका छन् । फिल्ममा वर्षा र स्वस्तिमाका अलावा मुकुन भुषाल, सुशिल सिटौला र कोशिश क्षेत्रीको पनि मुख्य भूमिका रहने स्रोत बताउँछ ।
महिला केन्द्रित रहने फिल्ममा स्वस्तिमा र वर्षाले भने दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यी सुन्दरीले यसअघि फिल्म ‘छक्का पन्जा २’मा एकसाथ सहकार्य गरेका थिए ।