काठमाडौं । तपाईल जमिन खन्दा महत्वपूर्ण चिज कहिल्यै भेट्नु भएको छ ? बेलायतको हेरफोर्डशायरमा जमिन खन्ने क्रममा अचानक दुईजनाको हातमा करिब ४८ करोड रुपैयाँको खजाना परेपछि उनीहरु खुशी मात्रै भएनन् २ जना मिलेर सरकारलाई थाहै सबै बेचिदिएका छन् ।
तिनै दुई जनाले पुरातन सुनका सिक्का चाँदीका सिल्लीहरू, औंठीहरू र अन्य धेरै गहनाहरू जमिनमुनिबाट फेला पारेपछि मनग्य रकम कमाएका छन् ।
५ औं शताब्दीका खजाना सरकारलाई हस्तान्तरण गर्नुको सट्टा उनीहरुले बेचेपछि खजानाको मूल्य ३ मिलियन पाउण्ड ९४८ करोड रूपैयाँ० गायब नै बनाइदिए । उनीहरूले त्यो खजानाको बारेमा सम्पत्तिको मालिकलाई पनि नबताएको डेली मेलले उल्लेख गरेको रिर्पोटमा जनाइएको छ ।
उनीहरूले जमिनमा गाडिएको खजाना फेला पारे र सुनका सिक्का, औंठी आदि बाहिर बजारमा बेचे । ट्रेजर ऐन १९९६ अन्तर्गत उनीहरुले यो जानकारी प्रशासनलाई नदिएकाले नै अहिले ती व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।
उनीहरुबाट रकम असुल्न पनि निर्देशन दिइएको छ । डेभिस र पावेलले यो रकम तीन महिनाभित्र तिर्नुपर्ने अदालतको आदेश रहेको छ ।