काठमाडौं -अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक तस्विर अहिले भाइरल बनिरहेको छ । भाइरल तस्विरमा दीपा भरिएको सिउँदो अनि रातो साडीमा देखा परेकी छन् । तस्विर भाइरल बनेपछि उनी विवाह बन्धनमा बाधिएको अनुमान धेरलेै गरिरहेका छन् । तर यो तस्विरको बास्तबिकता त्यस्तो होइन ।
दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीसँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेपछि भाइरल बनेको हो ।
खासमा दीपक दीपा छायांकन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि चन्द्रागिरि गएका हुन् । भालेश्वरका पुजारीको टिकटक भिडियोमा दीपक(दीपा दुवै जना पात्र लुक्स र लवजमा प्रस्तुत भएका छन् ।
दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक(दीपासहित फिल्म ‘छक्कापञ्जा ४’को टिम भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ ।
एक साताभित्र फिल्मको बाँकी छायांकन सम्पन्न हुने निर्माण टिमले जनाएको छ । फिल्म ‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शनको तयारीमा छ ।