काठमाडौँ-आज पनि देशका अधिकाशं स्थानमा वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसमपुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले अपनाउन आग्रह गरेको छ ।
अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।