काठमाडौँ– भारतमा थप ४० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ३८७ जनामा संक्रमण पुष्टि भएको वल्डवो मिर्टसले जनाएको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ८४ हजार ८७२ पुगेको छ । ४ लाख ८९ हजार १२८ जना संक्रिय संक्रमित छन् ।त्यस्तै सोही अबधीमा ७४३ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २ हजार ७५८ पुगेको छ ।