विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई फ्रान्समा ‘गार्ड अफ अनर’ प्रदान, हेर्नुहोस तस्विरहरु — OSNepal

विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई फ्रान्समा ‘गार्ड अफ अनर’ प्रदान, हेर्नुहोस तस्विरहरु

LC (KTM) January 05, 2023 0

काठमाडौं, पुस २१ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई गार्ड अफ अनर प्रदान गरेको छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका गरेका थिए । खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए।

गार्ड अफ अनर पाँउदा मेस्सी निकै खुशी देखिएका थिए । सम्मान समारोहको माहोल निकै रमाइलो देखिएको थियो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले उच्च सम्मान गरेको हो। उक्त स्थानमा एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए। खेलकुदमा विशिष्ट सम्मानमा रूपमा गार्ड अफ अनर सम्मान पाँउदा मेस्सीले धन्यबाद दिएका थिए ।

उनले भने म सबै कर्मचारी, मेरो टोलीका साथीहरूबाट मलाई दिएको सम्मानको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म खुसी छु, र आगामी चुनौतिको लागि तयार हुनेछु । मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलसमेत जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर