काठमाडों । एक नेपाली युवकको पोर्चुगलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची न।प वडा न। १२ का ३४ वर्षीय नवीन आचार्य रहेका छन् । राजधानी लिस्बोनमा बस्दै आएका उनको २७ डिसेम्बर २०२२ का दिन मृत्यु भएको हो ।
त्यस्तै उनी पछिल्लो समय काठमाडौंको तार्केश्वर ११ नेपालटारमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए । डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका उनको निधनले ।
पोर्चुगलमा आचार्यको निधन भएपछि परिवार गहिरो शोकमा परेको छ । गैरआवासीय नेपाली संघ, पोर्चुगलले आचार्यको निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ ।परिवारको आग्रहमा आचार्यको शव नेपाल ल्याउन लागिएको बताइएको छ ।