सम्पुर्ण दुःख कष्ट भोगेर सन्तान हुर्काउने आमा प्रति समर्पित राज सिग्देलको अत्यन्तै मार्मिक गित थोत्रो चोली सार्वजनिक — OSNepal

सम्पुर्ण दुःख कष्ट भोगेर सन्तान हुर्काउने आमा प्रति समर्पित राज सिग्देलको अत्यन्तै मार्मिक गित थोत्रो चोली सार्वजनिक

LC (KTM) January 05, 2023 0

राज सिग्देलको अत्यन्तै मार्मिक गित थोत्रो चोली सार्वजनिक भएको छ । बाल्यकालमा आमाले गरेको हजारौ दुःख ,कष्टलाई गितले अत्यन्तै हृदयस्पर्षी ढंगबाट प्रस्तुत गरेको छ । राज सिग्देलको मनै छुने स्वर तथा संगीत रहेको यस गितको शब्द हरी बस्ताकोटीले भरेका छन् । गितलाई कृष्ण भान्जाले एरेन्ज गरेका छन् ।

गितको सुरुवात र बिच बिचमा मननै चसक्क पार्ने गरि अच्युत घिमिरेले शब्द बाचन गरेका छन् । जस्ले गितलाई अत्यन्तै मार्मिक बनाएको छ । यस गितमा दिकपाल केसी , बेनिशा हमाल र आर्नबको झनै शसक्त अभिनयले गितलाई जिवन्त तुल्याएको छ । युवराज वाइबाको निर्देशन रहेको यस गितको छायाँकन निसाल पौडेलले गरेका छन् ।

त्यस्तै सह–निर्देशक लोमस पौडेलको रहेको छ भने गितलाई बिकाश दाहालले सम्पादन गरेका छन् । बुवाको हत्या त्यसपछि एक्लि आमाले दुःख कष्ट सहेर आफ्नो नाबालक छोरालाई एक सबल ब्यक्ति बनाउँदै आफ्नो ज्यानको आहुती दिने सम्पुर्ण आमाहरु प्रति गित समर्पित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर