काठमाडौं – केही समय पहिले प्रसारण भएर रोकिएको ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ संस्करणमा आउने भएको छ । स्रोतका अनुसार नँया संस्करणमा करिश्मा मानन्धर र दीपा नदोहेरिने बताइएको छ । दमन रुपाखेतीसहित अब उक्त शोमा श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ देखिनेछन् ।
यो पटक फुलन्देको आमाको ठाउँमा जितुको सानीआमा पात्रलाई इन्ट्री गराइने र जसको भुमिका श्याम रानाले निर्वाह गर्ने बताइएको छ । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुने बताइएको छ ।
अध्यक्षको लागि एक(दुई दिनमै चर्चित अभिनेत्रीसँग सम्झौता हुने बताइएको छ ।क्लबको निर्देशन दिनेश डीसीले गर्ने बताइएको छ ।स्रोतका अनुसार नेपाल र भारतीय कमेडी कार्यक्रममा नभएको कुरा यसपटक शोमा देख्न पाइने छ ।