जेलमा रहेका सन्दीपको न्यायका लागि आवाज उठाए शरद र आरिफले - भने सन्दिपले न्याय पाउनु पर्छ — OSNepal

जेलमा रहेका सन्दीपको न्यायका लागि आवाज उठाए शरद र आरिफले – भने सन्दिपले न्याय पाउनु पर्छ

LC (KTM) January 04, 2023 0

काठमाडौं – जेलमा रहेका सन्दीप लामिछानेको न्यायका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी बरद भेष्वाकर र आरिफ शेखले आवाज उठाएका छन्। उनीहश्रले सामाजिक संजालमा एकस्टाटस लेख्दै न्यायका लागि आवाज उठाएका हुन् ।

भेष्वाकर सन् २०२२ मा लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी बन्न सफल भएको पोस्ट सेयर गर्दै ‘जस्टिस फर लामिछाने’ को ह्यासट्याग प्रयोग गरेका छन्।

शेखले न्यायले हरेक मानिसलाई एकनासले हेर्ने उल्लेख गर्दै जतिसक्दो छिटो सन्दीपले न्याय पाएर उनी देशको शान बनून भन्ने कामनासमेत गरेका छन्। सेखले लेखेका छन् न्यायले हरेक मानिसलाई एकनासले हेर्छ। यो सदासर्वदा उस्तै हुन्छ ।

मरेको मान्छे न्यायका लागि रुन सक्दैन। बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने। सन्दीपले चाँडै न्याय पाओस् र एक देशभक्त व्यक्तिले फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकोस् भन्ने कामना गर्दछु, ।

सन्दिपलाई हाल डिप्रेसनको समस्या देखिएको समाचारहरु सार्वजनिक भएपछि यी दुईले आवाज उठाएका हुन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर