साउदी अरेबियाको फुटबल क्लब अल नसरमा रोनाल्डो सार्वजनिक, स्वागत गर्न हजारौँ समर्थक मैदानमा — OSNepal

साउदी अरेबियाको फुटबल क्लब अल नसरमा रोनाल्डो सार्वजनिक, स्वागत गर्न हजारौँ समर्थक मैदानमा

LC (KTM) January 04, 2023 0

काठमाडौं -पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको फुटबल क्लब अल नसरले सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा गएराति एक कार्यक्रमकाबीच रोनाल्डोलाई अल नसरले सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै उनले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् । म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै केहि पहिले ३७ वर्षीय रोनाल्डो दिन अघि अल नसर पुगेका हुन् ।

उनलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा पुगेका थिए । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो । म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डो क्लबविहीन बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर