रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका कजाक समकक्षी कासिम-जोमार्ट तोकायेभले मङ्गलबार छलफल गरेका छन् । फोन वार्ताका क्रममा उनीहरू बीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँने विषयमा कुराकानी भएको छ ।
उनीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै इन्धन र ऊर्जा क्षेत्रलगायत विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगका विषयमा छलफल गरेको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।पुटिन र टोकाइभले दुई देशका सरकार र सम्बन्धित निकायहरूबीच समन्वय जारी राख्न समेत सहमत भएका छन्।