चीन – चीनको सबैभन्दा ठूलो ताजा पानीको ताल याङजी नदी र पोयाङ तालमा रहेको जैविक विविधताको संरक्षणका निम्ति जलीय जीव संरक्षण केन्द्र हालै सञ्चालनमा आएको छ ।यो केन्द्र पूर्वी जियाङ्सी प्रान्तको जिउजियाङ सहरको हुकोउ काउन्टीमा अवस्थित छ । याङ्त्जे नदी र पोयाङ तालमा एक सय २० भन्दा बढी स्थानीय जलचर प्रजातिका कूल १२ हजार नमुनाहरू प्रदर्शनमा छन् ।
संरक्षित नमुनाहरूमा चीनमा पहिलो–कक्षको राज्य संरक्षणअन्तर्गत दुर्लभ प्रजातिहरू समावेश रहेको बताइएको छ । जसमा चिनियाँ स्टर्जन लगायत छन् ।विज्ञानलाई लोकप्रिय बनाउने शैक्षिक संस्थाको रूपमा आफ्नो कार्यको अतिरिक्त केन्द्रले कृत्रिम प्रजनन, संरक्षण र उद्धार कार्यमा पनि संलग्न रहेको बताएको छ । केन्द्रले यस क्षेत्रका स्थानीय जलचर प्रजातिहरूमा अनुसन्धान गर्ने केन्द्रको विशेषज्ञ टोलीका नेता मा गुआङले जनाकारी दिएका छन् ।