काठमाडौं -फिल्म ‘धड्कन २ बन्ने भएको छ । झन्डै १९ वर्ष अगाडिको ब्लकबस्टर फिल्म ‘धड्कन’को सिरिजमा नायिका सञ्चिता लुइटेलले अभिनय गर्ने भएकी छन् । फिल्ममा उनको उमेरअनुसार एकदमै सशक्त भूमिका रहेको निर्देशक नरेश पौडेलले बताए ।
निर्देशक तथा निर्माता नरेश पौडेलले चैतबाट छायांकन सुरु हुने फिल्मको प्रायः छायांकन नेपालगञ्जमा हुने बताए । १९ वर्ष अगाडि फिल्ममा खिल उप्रेती, रेखा थापा, रमित ढुंगाना, अरुणिमा लम्सालको मुख्य भूमिका रहेको थियो ।
दोस्रो सिरिजमा भने नरेशले नयाँ अनुहारलाई ब्रेक दिँदैछन् । अहिले उनी फिल्मका लागि एक नायक र दुई नायिका खोजिरहेका छन् । फिल्म ‘धड्कन २’ मा भने पौडेल स्वयम्को पनि अभिनय रहने छ । पौडेल स्वयम्को निर्देशन तथा निर्माण रहने यस फिल्मको गीतमा सुरेश अधिकारीले संगीत रहने छ ।