मेरो फिल्ममा खेल्ने इच्छा छ कि छैन भनेर स्वस्तिमालाई निश्चलले गरे प्रश्न, यस्तो जवाफ दिइन् स्वस्तिमाले — OSNepal

मेरो फिल्ममा खेल्ने इच्छा छ कि छैन भनेर स्वस्तिमालाई निश्चलले गरे प्रश्न, यस्तो जवाफ दिइन् स्वस्तिमाले

LC (KTM) January 03, 2023 0

काठमाडौं – स्वस्तिमाले सञ्चालन गर्दै आइरहेको ‘नेपाल्स् ट्वान्टिवन सेन्चुरी वुमन’ नामक शोमा उनकै श्रीमान निश्चल बस्नेत अतिथी बनेर गए। जुन भिडियो सुन्न र हेर्न खुबै रमाइलो पनि थियो । उक्त शोमा उनले श्रीमान नश्चललाई धेरै प्रश्न गरेकी छन् ।

उनले खुलेर प्रश्नको जवाफ पनि दिएका छन् । शोमा स्वस्तिमाको अतिथी बनेर पुगेका निश्चलले आफुले गर्न लागेको फिल्ममा स्वस्तिमालाई काम गर्न इच्छा छ की छैन् भनेर सोधेका थिए । जवाफमा उनले अहिलेसम्म इच्छा नलाग्नुको कारण निश्चल बस्नेतले फिल्म नै नबनाएर रहेको बताएकी छन् । फिल्म अफर आएको खण्डमा काम गर्न इच्छा जाग्न सक्ने उनको भनाई छ ।

उनले निश्चलको कामको प्रशंसा पनि गरेकी थिइन् । निश्चलको श्रीमती वा अभिनेत्री भएका कारण मात्र फिल्म गरुँ न त भन्ने हिसाबले काम गर्दिनँ । एकजना कास्ट चाहियो स्वस्तिमालाई लिउँ न भनेर तपाईंले पनि मलाई कास्ट गर्नुहुन्न र मैले पनि गर्दिनँ । हामी कुन तरिकाले काम गर्छौं दुवैलाई एकअर्काको स्वभाव थाहा छ उनले भनिन् ।

आदर्श जोडी’को रुपमा चिनिएका निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई धेरैले मन पराएका छन् । यो जोडी कहिले फिल्ममा त कहिले म्यूजिक भिडियोमा एकसाथ देखिने गरेको हुन्छ । फिल्म ‘घामड शेरे’मा पहिलो पटक एकसाथ काम गरेका निश्चल र स्वस्तिमाको अब कहिले र कुन प्रोक्जेक्टमा सहकार्य हुन्छ त्यो भने हेर्न नै बााकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर