युक्रेन माथि शानदार जित निकाल्नुको रहस्य इंग्ल्याण्डका कप्तान ह्यारीले बताए , रहस्य जानेर सबै हैरान — OSNepal

युक्रेन माथि शानदार जित निकाल्नुको रहस्य इंग्ल्याण्डका कप्तान ह्यारीले बताए , रहस्य जानेर सबै हैरान

LC (KTM) July 04, 2021 0

युरोकपमा शनिबार राती उत्कृष्ट खेल पस्कदै सेमिफाईनलमा स्थान बनाउन सफल इंग्ल्याण्डका कप्तान ह्यारी केनले खुशी प्रकट गरेक छन् । उनले यति ठुलो खेलमा सेमिफाईनल सम्म स्थान बनाउनु त्यो पनि राम्रो नतिजा संगै यसको श्रेय सिंगो टिमलाई जाने बताए ।

उनले भने – ठुलो खेलमा कस्तो राम्रो प्रदर्शन भयो, चार गोल अनि क्लिन सिट । हाम्रो लागि यो उत्तम रात हो । उनले यो रातलाई एकदमै उत्तम रातको संज्ञा समेत दिए । उनले आफुहरुलाई एकदमै दबाब रहेको बताएका छन् । उनले यो खेल जित्न चाहेकोले पनि राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

इटालीको रोममा शनिबार राति युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डको जितमा कप्तान केनले दुई गोल गरेका थिए । २७ वर्षीय कप्तान केनले ५९ खेलमा इंग्ल्यान्डका लागि ३७ गोल गरिसकेका छन् । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर