युरोकपमा रोनाल्डोका फ्यानहरुलाई झट्का लागे पनि कोपा अमेरीका फुटबलमा मेस्सीका फ्यानलाई खुशीको खबर , मेस्सीले गोल्डेन बुट जित्दै — OSNepal

युरोकपमा रोनाल्डोका फ्यानहरुलाई झट्का लागे पनि कोपा अमेरीका फुटबलमा मेस्सीका फ्यानलाई खुशीको खबर , मेस्सीले गोल्डेन बुट जित्दै

LC (KTM) July 04, 2021 0

युरोकप बाट पोर्चुगल बाहिरीए संगै बिश्वकै चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको चर्चा पनि सकिएको छ । तर उनै रोनाल्डो संग तुलना गरिने अर्जेन्टिनाका लियोनल मेस्सि भने अझै छाई नै रहेका छन् ।

कारण कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले आफ्नो दबदबा कायमै राखेको छ । कोपा अमेरिका फुटबलको कुरा गर्ने हो भने सेमिफाइनल समीकरण पूरा भईसकेको छ । अन्तिम चारमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले स्थान बनाएका छन् ।अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ । ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

गोल्डेन बुटको दाबेदार मेस्सी

यति मात्र हैन मेस्सीका फ्यानहरु लाई अर्काे खुशीको खबर समेत रहेको छ । त्यो हो मेस्सी यसपालि गोल्डेन बुटको दाबेदार बन्दैछन् । कोपाको सेमिफाइनल समीकरण पूरा हुँदा सर्वाधिक गोलकर्ता अर्थात् गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा लियोनल मेस्सी रहेका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल गरिसकेका छन् । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् । मेस्सीको पछि ब्राजिलका नेयमार र पेरुका जियानलुका पनि दाबीको होडमा छन् । तर उनीहरुको गोल संख्या भने २ मात्र रहेको छ । तर खेल हो भन्न सकिन्न जे पनि हुन सक्छ । मेस्सीले जारी कोपाको पाँच खेलमा ४ पटक म्यान अफ दि म्याच समेत हात पारिसकेका छन् ।

गोल मेसिनको उपाधी पाएका उनले अब दुई खेलमा पक्कै गोल संख्या थप्ने नै छन् त्यसैले उनी नै गोल्डेन बुटको प्रमुख दाबेदार हुन् भन्न अतियुक्ती नहोला पनि । गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् । उनले दुई असिस्ट गरेका छन् ।यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् ।अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २ २ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर