अग्रता जोगाउन नसक्दा आर्मी संकटासंग पराजित — OSNepal

अग्रता जोगाउन नसक्दा आर्मी संकटासंग पराजित

LC (KTM) January 03, 2023 0

संकटा फुटबल क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको लागि मेसुके, सुरज ठकुरी र स्टेफन बिनोङले एक एक गोलको योगदान दिए ।  आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे ।खेलको १४ औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए पनि जित दिलाउन सकेनन् । संकटाले एक गोलको अग्रता उल्टाएर आर्मीलाई पराजित गरेको हो ।

३६ औं मिनेटमा मेसुकेले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७९ औं मिनेटमा सुरजले गोल गर्दै संकटाको अग्रता २-१ को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा स्टेफनले गोल गर्दै संकटालाई ३-१ को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर