जनकपुरसंग फार वेस्ट ८२ रनको फराकिलो अन्तरले पराजित — OSNepal

जनकपुरसंग फार वेस्ट ८२ रनको फराकिलो अन्तरले पराजित

LC (KTM) January 02, 2023 0

नेपाल टी(ट्वान्टी लिगमा जनकपुर रोयल्सले शानदार जित निकालेको छ । फार वेस्ट युनाईटेडलाई जनकपुरले ८२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जनकपुरले फार वेस्टलाई १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको फार वेस्टले १५.१ ओभरमा अलआउट हुँदै ७९ रन मात्र बनाउन सफल भयो ।

फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२ तथा राशिद खानले अविजित १७ रन बनाए । जनकपुरका लागि समिउल्लाह शिनवारीले ३ तथा सोमपाल कामी र पवन सराफले २र२ विकेट लिए । पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।

जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ चौका र ५ छक्का प्रहार गरे। कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट भए । फार वेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए । सात खेलमा पाँच जित र दुई हार सहित जनकपुर १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर