काठमाडौं, पुस १८ । चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई् डिप्रेसनको समस्या देखिएको छ।
नाबालिग भनिएकी किशोरीमाथि बलात्कारको मुद्दा खेपेर जेल जिवन बिताइरहेका सन्दीपलाई मनोपरामर्शको भेटपछि उनी डिप्रेशसनमा गएको पाइएको हो ।
लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार सन्दीपलाई बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएकी छिन् । विगत १ महिनादेखि सGbLपको बोली ब्यबहारमा अचानक परिवर्तन आएपछि वकिल सरोजकृष्ण घिमिरेले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार जाँदा उनी गहिरो डिप्रेसनको शिकार भएको पाइएको छ ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका सन्दीपमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको पाइक्ष्एको छ । त्यसैले कारागारमा उनलाई नियमित काउन्सिलिङको खाँचो परेको छ । जसका लागि छुट्टै कोठाको व्यवस्था नभएको हुँदा समस्या भएको थियो । नियमित काउन्सिलिङका लागि जेलरसँग सन्दीपका वकिलले अनुमति समेत मागेको बताए ।
गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको दाबी गर्दै आएका छन् ।