काठमाडौं । शुक्रबारबाट प्रदृशनमा आएको आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘डिसेम्बर फल्स’ आजबाट तेस्े दिनमा हलमा लागिरहेको छ ।
तर फिल्मले सोचेजस्तो दर्शक पाउन सकिरहेको छैन । प्रदीप भट्रराईको निर्देशनमा तयार भएको महापुरुषपछि आशा गरिएको फिल्मका रुपमा हेरिए पनि ‘डिसेम्बर फल्स’ हेर्न दर्शक भने उत्साहित देखिएनन् ।
रिलिजअघि निर्माता रामप्रसाद रिजालले दाबी गर्दै आफ्नो फिल्मले ९ करोड कमाउने उनको दाबीले मेल नखाने संकेत तेस्रो दिनमा नै हलमा दर्शकको अभावले पुष्टि गर्छ । ल्होसार र अंग्रेजी नयाँ वर्षको विदाको अवसर पाएको फिल्मले निर्माताको दाबीले मेल नखाने संकेतहरु देखिइसकेका छन् ।
विकेन्डका तीन दिनमै फिल्मले एउटा सो पनि भरिने दर्शक पाएन । यति मात्र होइन आर्यन सिग्देल र उपासनाको मुख्य भूमिका रहेको फिल्मले राम्रो समीक्षा पनि पाएको छैन । फिल्मको कथा वस्तु रोचक भए पनि प्रस्तुतिमा चुकेको समीक्षाहरूको सार रहेको छ ।
साडे ३ वर्षपछि अभिनयमा फर्किएका आर्यनले आशा गरेको फिल्म भएता पनि उनको यो फिल्मले पनि उनको हिट बन्ने सपना अधुरै रहने ३ दिनको हलको आँकडाले स्पस्ट पार्छ । आर्यन अभीनित फिल्म ‘नोभेम्बर रेन’ यता उनका फिल्महरुले सौसत मात्रै ब्इपार गरेका छन् ।