संसारकै अचम्मको स्थान, जहाँ आफ्नो घरको ढोका खोल्दासाथ ‘विदेश’ पुग्छन् यो गाउँका मान्छे — OSNepal

संसारकै अचम्मको स्थान, जहाँ आफ्नो घरको ढोका खोल्दासाथ ‘विदेश’ पुग्छन् यो गाउँका मान्छे

LC (KTM) January 02, 2023 0

काठमाडौं । घरको ढोका खोल्नेबित्तिकै ‘विदेश’ पुग्न सम्भव छ ? बेल्जियम र नेदरल्याण्ड्सको बीचमा अवस्थित बार्ले गाउँ यस्तो स्थ्ना हो जहाँ घरको ढोका खोल्नेबित्तिकै ‘विदेश’ पुगिन्छ ।

यहाँ बस्ने मानिसहरू एक पाइला हिँडे मात्रै अर्को देश पुग्छन् । यहाँका कतिपय घरका ढोका अर्को देशमा समेत भएका समाचारहरु अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले छापेका छन् ।

अझै भनौँ यहाँका मानिसहरु एक देशमा सुत्छन् र उठेर बाहिर निस्कँदा अर्को देशमा हुन्छन्। बार्ले गाउँको बेल्जियम भागलाई बार्ले(हेर्टोग भनिन्छ। नेदरल्याण्डको भागलाई बार्ले(नासाउ भनिन्छ। बेल्जियम र नेदरल्यान्ड्सका सरकारहरू मिलेर यहाँ प्रशासन चलाउँछन्।

एउटै घर कसैको ढोका बेल्जियममा खुल्छ र कसैको नेदरल्याण्डमा खेलेका थुपै दृश्यहरु हालैको युट्युबर ड्रियु बिन्स्कीले एउटा भिडियो सार्वजनिक गर्दै रमाइलो शैलीमा प्रस्तुत गरेका छन् ।

जहाँ दुई देशको सिमाना बार्लेको बीचबाट जान्छ र यस सिमानामा धेरै घर, भवन, पसल, कार्यालय आदि बनेका छन् भनेर ति युट्युबरले देखाएका छन् ।

यहाँका मानिसहरु एक देशबाट अर्को देशमा दिनमा दर्जनौं पटक जान्छन् त्यसको कारण हो यहाँको दुई देशको दूरी केही पाइला मात्र छ। जहाँ अहिले पर्यटकहरु यसका कारण आकर्षित भएर यहाँ घुम्न जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर